कान्ति लोक पथ र कुलेखानी–फर्पिङ सडक पहिरोले अवरुद्ध

नेपालभ्युज

कान्ति लोक पथ र कुलेखानी–फर्पिङ सडक पहिरोले अवरुद्ध
फाइल तश्वीर

काठमाडौं । हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोक पथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोक पथको ललितपुरतर्फ भट्टे डाँडा सडक खण्डमा बुधवार गएको वर्षापछि आएको पहिरोका कारण रातिबाट सडक अवरुद्ध बनेको हो ।

यस्तै हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डको मकवानपुरको इन्द्र सरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा बिहीबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले दुवै सडकमा आएको पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved