मन्त्रिपरिषद् बैठक जारी, बैकुण्ठ अर्याललाई मूख्यसचिव नियुक्तिको तयारी

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक जारी, बैकुण्ठ अर्याललाई मूख्यसचिव नियुक्तिको तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । बैठकले आज नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ ।

नयाँ मुख्य सचिवको रुपमा डा. बैकुण्ठ अर्यालको सम्भावना छ ।

अहिले  सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको छ ।

हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ । वैरागीलाई सरकारले अन्तै व्यवस्थापन गर्ने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved