अभ्यास खेलमा नेपालले ओमानसँग खेल्दै

नेपालभ्युज

अभ्यास खेलमा नेपालले ओमानसँग खेल्दै

काठमाडौं। आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज विहीबार ओमानसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति हरारेमा भएको खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो ।

त्यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा पनि नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बाब्वेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved