प्रतिनिधिसभामा विनियोजन विधेयक बहुमतबाट स्वीकृत

नेपालभ्युज

प्रतिनिधिसभामा विनियोजन विधेयक बहुमतबाट स्वीकृत

काठमाडौं ।  प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन् ।

विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ३२ गते दिनको ११ बजे बस्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved