पन्थीको पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’ बजारमा

नेपालभ्युज

पन्थीको पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’ बजारमा

काठमाडौं । पत्रकार नेत्र पन्थीको लेफ्ट–राइट : ‘सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तक डिजिटल माध्यमबाट आज विमोचन भएको छ । पुस्तक भोलि सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ ।

सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताले मूल्य–मान्यता एवं विधान र संविधानबाहिर चालेका कदम साथै नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा पुस्तकमा खोतल्ने प्रयास गरिएको लेखक पन्थीले जनाएका छन् ।

यस्तै उनका अनुसार पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको प्रवृति उजागर गर्नुका साथै पछिल्लो निर्वाचनपछि भएका सत्ता समीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दा पछाडि भएका गुप्त भेट र सम्झौता पनि खुलासा गरिएको छ ।

शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोकाका कथा यसमा छन् । पद प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कयौँ उदाहरण र सन्दर्भ पनि पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ ।

६७० पृष्ठको पुस्तक सफ्ट र हार्ड कभरमा उपलब्ध छ । पन्थीका यसअघि “डिभोर्स : प्रचण्ड र बाबुराम”को (२०७२), “माओवादीभित्र अन्तरसङ्घर्ष” (२०६९) र “युद्धमा प्रेम र यौन” (२०६६) पुस्तक प्रकाशित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved