भुटानी शरणार्थी प्रकरण: टोपबहादुरलाई जोगाउने प्रपञ्च, सद्दे टेकनाथलाई ‘मानसिक स्वास्थ्य’ठिक नभएको आरोप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका सांसद टोपबहादुर रायमाझीका वकिलहरूले उनी निर्दोष भएको दाबी गर्न भुटानी शरणार्थीका नेता टेकनाथलाई ‘मानसिक स्वास्थ्य’ठिक नभएको आरोप लगाएका छन्।

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरण: टोपबहादुरलाई जोगाउने प्रपञ्च, सद्दे टेकनाथलाई ‘मानसिक स्वास्थ्य’ठिक नभएको आरोप

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका सांसद टोपबहादुर रायमाझीका वकिलहरूले उनी निर्दोष भएको दाबी गर्न भुटानी शरणार्थीका नेता टेकनाथलाई ‘मानसिक स्वास्थ्य’ठिक नभएको आरोप लगाएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा शुक्रबार बहस गरेका रायमाझीका वकिलहरूले उनको बचाउ मात्र गरेन।
उनलाई पोलेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालको ‘मानसिक स्वास्थ्य’माथि प्रश्न उठाए। टोपबहादुरलाई तारिखमा छाड्नुपर्ने दाबी गर्न उनीहरूले रिजालको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाए।

गत आइतबार (२१ जेठमा) नक्कली शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस सुरु हुनुअघि इजलासले समय व्यवस्थापन गर्ने क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले टोपबहादुर रायमाझीको लागि सिङ्गो एक दिन चाहिने बताएका थिए। त्यसमा सहमति जनाएको इजलासले हिजो शुक्रबार रायमाझीकै लागि मात्रै समय दिएको थियो।

१० जना कानुन व्यवसायीले दिनभर उनको प्रतिरक्षामा बहस गर्दै सके साधारण तारिख, नभए धरौटीमा रिहा गर्न माग गरे।

।टेकनाथको बयानलाई प्रमाण मान्न नमिल्ने उनीहरूको जिकिर थियो। सानु भण्डारी र केशवप्रसाद दुलालले देशभरबाट नक्कली शरणार्थी बनाउने भनी रकम पठाएपछि त्यसलाई नीतिगत रूपमा कार्यान्वयन गराउने जिम्मेवारी टोपबहादुर रायमाझीले पाएको भनी प्रहरीले आरोप लगाएको छ। सानु र केशवका साथै भुटानी शरणार्थी नेता टेकनाथ रिजालले सरकारी वकिलको कार्यालयमा दिएको बयानले रायमाझीको संलग्नता देखाएको भन्दै उनको आरोप सही नभएको कानुनव्यवसायीले बताए।

भुटानमा पक्राउ परेपछि चर्को यातनाको कारण रिजालको मानसिक अवस्थामा लामो समय असर परेको थियो, त्यो असर अहिलेसम्म देखिएको उनीहिरुकोे जिकिर छ ।
रिजाल इजलासमै थिए। उनले कान कम सुन्छन्। उनले आफ्ना बारेमा के भने भनेर कानुन व्यवसायीलाई सोधिरहेका थिए। तर, उनले कुनै प्रतिवाद गरेनन्।

बहसका क्रममा अधिवक्ताहरूले अनेक उदाहरण र फेहरिस्त प्रस्तुत गर्दै तत्कालीन केपी ओली सरकारलाई लक्षित गरी आरोप पत्र तयार गरिएको आरोप लगाए।
नक्कली शरणार्थी मामिलामा पक्राउ परेका सानु भण्डारीले बयानका क्रममा १ करोड ६० लाख टोपमामा (टोपबहादुर रायमाझी) लाई नगद दिएको र ४० लाख रुपैयाँ सन्दीप रायमाझी आबद्ध रहेको कम्पनीको खातामा राखिदिएको बताएका थिए।

टोपबहादुरका छोरा सन्दीप आबद्ध कम्पनीमा सानु भण्डारीले ४० लाख रुपैयाँ ‘ट्रान्सफर’ गरिदिएका थिए। वकिलले भने छोराको केशमा बाउलाई मुछ्न नहुने जिकिर गरेका थिए।

जिल्ला अदालत काठमाडौंमा चलिरहेको नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुरको थुनछेक बहस सकिएको छ।

आइतबारदेखि सुरू भएपनि अहिलेसम्म उनी सहित ७ अभियुक्तको थुनछेक बहस सकिएको छ। अझै ११ जनाको बहस बाँकी छ।

शुक्रबार पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाल, अधिवक्ता परशुराम कोइराला लगायतले रायमाझीको तर्फबाट बहस गरे।

रायमाझी मुख्य योजनाकार केशव दुलाल र सानुभण्डारीसँग सुरूदेखि नै मिलेको, उनीहरूलाई नक्कली भुटानी प्रमाणपत्र बनाउन शरणार्थी नेता टेकनाथ रिजाललाई भेटाएको, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईसँग भेटाएको लगायतका आरोप छन्।

शरणार्थी बनाएर अमेरिका पठाउन आफूहरूले उनलाई पैसा दिएको भन्दै सानु भण्डारी र केशव दुलालले उनलाई पटकपटक २ करोड बढी पैसा दिएको भन्दै प्रहरीमा बयान दिएका थिए।

यो प्रकरणमा सुरूदेखि नै संलग्न भएको भन्दै उनलाई ठगी, संगठित अपराध, सरकारी कागज किर्ते, राष्ट्रहीत विरूद्धको कार्य गरेको सरकारी वकिलको अभियोग छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved