महेन्द्रनारायण निधि राष्ट्रिय टि-२० क्रिकेटको उपाधि कर्णालीलाई

महेन्द्रनारायण निधि राष्ट्रिय टि-२० क्रिकेटको उपाधि कर्णालीलाई

जनकपुरधाम । जनकपुरधाममा सम्पन्न महेन्द्रनारायण निधि टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले हात पार्न सफल भएको छ । फाइनल खेलमा सुदूरपश्चिमलाई ५१ रनले पराजित गर्दै कर्णाली विजयी भएको हो ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेटको क्षतिमा १४० रन जोडेको थियो ।

१४१ रनको लक्ष्य सहित ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा अल आउट हुँदै ८९ रन मात्र जोड्न सकेको थियो। आजको खेलमा ४ विकेट र १७ रन बनाएका सुनिस सिंह प्लेयर अफ दि म्याच भए।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका कर्णालीका दीपेन्द्र रावत प्लेयर अफ दि सिरिज घोषित भए। उनले १६८ रन तथा ६ विकेट लिन सफल भएका थिए।

प्रतियोगितामा विजेता टिम कर्णाली प्रदेशले ३ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता सुदूरपश्चिम प्रदेशले २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो ।

विजयी टिमलाई मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले शिल्ड, कप तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता जेठ १५ गते शुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved