‘ए’ डिभिजन लिग : संकटाले खुमलटारलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : संकटाले खुमलटारलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

संकटाको लागि निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले गोल गरे। खेलको १६औं मिनेटमा निशानले गोल गर्दै संकटालाई अग्रता दिलाए। ३८ औं मिनेटमा आयुषले संकटाको लागि दोस्रो गोल गरे। ७८औं मिनेटमा चन्दनले संकटाको लागि तेस्रो गोल गरे। २४ खेलबाट ३० अंक जोडेको संकटा अंक तालिकाको ११औं स्थानमा छ। २४ खेलबाट २४ अंक जोडेको खुमलटार पुछारमा छ।

यस्तै, च्यासल रंगशालामा भएको खेलमा पुलिसले मछिन्द्रलाई २–१ गोलअन्तरले पराजित गरेको हो। पुलिसको लागि मोमेस ग्याबाह त्वामाले गो गरे। मछिन्द्रको लागि भने आफिज ओलावालेले गोल गरे। खेलको २७ औं मिनेटमा ओलावाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ७५औं मिनेटमा मोसेसले पुलिसको लागि फ्रिकिकमा गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। ८१औं मिनेटमा मोसेसले पुलिसको लागि दोस्रो गोल गरे।

यससँगै २४ खेलबाट ३७ अंक जोडेको पुलिसले चौथो स्थानमा छ। २४ खेलबाट ३९ अंक जोडेको मछिन्द्र भने दोस्रो स्थानमा छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।

हिमालयन शेर्पाको लागि दिवस उराउले गोल गर्दा एनआरटीको लागि दीपेश आले मगरले गोल फर्काए।५२औं मिनेटमा दिवसले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। ५५औं मिनेटमा एनआरटीको लागि दीपेशले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

एनआरटीले २४ बाट ३० अंक जोड्दा हिमालयन शेर्पाले भने ३१ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved