लगानीकर्ता र सरकारबीच सहमति : पुँजीगत लाभकरको ५ र ७.५ प्रतिशत नै अन्तिम

सहमतिसँगै खुल्यो सेयर बजार

नेपालभ्युज

लगानीकर्ता र सरकारबीच सहमति : पुँजीगत लाभकरको ५ र ७.५ प्रतिशत नै अन्तिम

काठमाडौं। आम लगानीकर्ता र सरकारबीच पुँजीगत लाभकरका विषयमा सहमति जुटेको छ । पुँजीगत लाभकरको ५ र ७.५ प्रतिशत नै अन्तिम  सरकारले अन्तिम लाभकर भएको  बताएसँगै उत्साहित सेयर लगानीकर्ताहरूले आज बन्द गराइएको सेयर बजारसमेत खुलाएका छन् ।

आर्थिक विधेयक २०८०-८१ मार्फत घर, जग्गा तथा सेयर कारोबारको पुँजीगत करलाई अग्रिम करको रूपमा व्याख्या गरेको थियो । तर, घर जग्गा लगायतलाई अग्रिम करको दायरामा ल्याए पनि पुँजीगतलाई भने सुरु करको रूपमा राख्नु नहुने लगानीकर्ताहरूले माग राख्दै आएका थिए ।

हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम कर मान्न लगानीकर्ताहरूले सरकारसँग माग गरेको थियो । सो मुद्दालाई लिएर लगानीकर्ताहरू आन्दोलित थिए ।

आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महत पुँजीगत लाभकर नै अन्तिम मान्न तयार भएसँगै अर्थ मन्त्रालयले ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको स्विकार्दै विज्ञप्ति जारी गरेको छ ।

योसँगै लगानीकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved