वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन

नेपालभ्युज

वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं। सहकारीपीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ। सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै आज काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरूले खाएर भागेको वचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत वचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए। संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकायहरू धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रूपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन्।

उनले सरकारसँग सहकारी पीडितहरूको माग सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताइन्। अध्यक्ष राजभण्डारीले सहकारीमा वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको धारणा राखिन्। उनले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको बताइन्।

अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका वचतकर्ताहरू एक ठाउँमा रहेको उनले जानकारी दिइन्। उनले सहकारीमा बाटोमा दिनभर मकै पोल्ने,भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालोधन जम्मा नगरेको धारणा राखिन्।

पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर,वचतकर्ता रकम अविलम्व फिर्ता गर,आमा नागरिकको वचत फिर्ता गर,सहकारी सञ्चालकको सम्पती तत्काल रोका गर,सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरुलाई कारबाही गर, सरकार हामीलाई न्याय दे,फरार सहकारी सञ्चालनको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौं,त्यहाँ छौं भन्ने नेताहरू आज कहाँ छन् ? सहकारीको पारले दुःख पाए वचत कर्ताले भन्ने प्लोकार्डसहित नारा लगाई प्रदर्शनमा उत्रेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved