गर्मीमा बेल खानुका फाइदा

नेपालभ्युज

गर्मीमा बेल खानुका फाइदा

एजेन्सी । प्रोटिन, भिटामिन, मिनरल्स, फाइबर आदिले भरपूर बेल गर्मीमा खानका लागि एकदमै राम्रो फल हो । यसलाई तपाईं सिधै अन्य फल जस्तै सेवन गर्न सक्नुहुन्छ भने जुस तथा सर्बत बनाएर पनि पिउन सकिन्छ । आउनुहोस् जानौं यसका फाइदा–

  •  बेलमा पाइने फाइबर, एन्टीब्याक्टेरियल, एन्टीफंगल गुण पाचनका लागि राम्रो मानिन्छन् । यसको सेवन गरेमा पेटसँग जोडिएका समस्याबाट निजात पाउन सकिन्छ ।
  •  एन्टीअक्सीडेन्टले भरपूर बेलले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्दछ । यसको सेवनले मुटुसँग जोडिएका विमारीहरुबाट बच्न सकिन्छ ।
  •  बेलमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीइन्फ्लामेटरी आदि गुण हुन्छन्, जो छालासँग सम्बन्धित संक्रमणलाई ठिक गर्नका लागि पनि फाइदाजनक मानिन्छ ।
  •  बेलमा पाइने तत्वले रगतलाई प्यूरीफाइ गर्ने काम गर्दछ । यसको सेवनले शरीरभित्र रहेका विषाक्त पदार्थहरु बाहिर निस्कन्छन् र रगत सफा हुन्छ ।
  •  बेलमा भिटामिन सी पनि पाइन्छ जो इम्युनिटी बुस्टरको काम गर्दछ । जसको सेवनले मौसमी विमारीहरु हुँदैनन् ।
  • यदी रगतमा चिनी बढेको छ भने बेलको सेवन गर्नबाट बच्नुहोस् । किनकी चिनीको मात्रा भरपूर हुने भएकाले यसले समस्या झनै बढ्न सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved