रेशमविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपालभ्युज

रेशमविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं। राष्ट्रपतिबाट आममाफी पाएर सोमबार रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरी विरुद्ध मंगलबार नै सर्वोच्चमा रिट दायर भएको छ।

२०७२ भदौ ७ को टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भएको भन्दै जिल्ला, उच्च र सर्वोच्च अदालतबाट दोषी ठहरमै डिल्लीबजार कारागारमा रहेका रेशमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि असन्तुष्ट प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतीले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।

उनले दिएको उक्त रिट निवेदन दर्ता भएको सर्वोच्चले जनाएको छ। उक्त मुद्दाको पेशी भोलि (बुधबार)का लागि तोकिएको छ। सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका चौधरी जेलमुक्त भएसँगै टिकापुर पुगिसकेका छन्। उनी भूमि व्यवस्था मन्त्री रञ्जिता चौधरीका श्रीमान् हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved