अखण्ड भारतको नक्साले छिमेकीसँग सम्बन्ध बिगार्छ,  बेलैमा जानकारी दिनुपर्छ : डा‍. भट्टराई

भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाई छ ।

नेपालभ्युज

अखण्ड भारतको नक्साले छिमेकीसँग सम्बन्ध बिगार्छ,  बेलैमा जानकारी दिनुपर्छ : डा‍. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्ने बताएका छन्  ।

सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै पूर्व प्रधानमन्त्री भट्टराईले भारतले एकपक्षीय रुपमा राखेको नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका हुन् ।

त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाई छ ।

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ ।

यसबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद नक्साले नेपाल लगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वासलाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस नक्साको वास्तविक अभिप्राय र प्रभावलाई समयमै जानकारी दिनु बुद्धिमानी हुनेछ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved