रिहा भएपछि रेशमको माग- ‘टीकापुर घटना मिहिन ढङ्गले केलाउन उच्चस्तरीय आयोग बनाइनुपर्छ’

नेपालभ्युज

रिहा भएपछि रेशमको माग- ‘टीकापुर घटना मिहिन ढङ्गले केलाउन उच्चस्तरीय आयोग बनाइनुपर्छ’

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भइ आजीवन काराबासमा रहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चौधरीले उच्चस्तरीय आयोग गठनको माग गरेका छन् ।

आफूलाई दोषी देखाइएको टीकापुर घटनालाई मिहिन ढङ्गले केलाउनका लागि आयोग गठन हुनुपर्ने उनको माग छ । “टीकापुर घटनालाई मिहिन ढङ्गले केलाउनका निमित्त उच्चस्तरीय आयोग गठन गरिनुपर्छ । यसक कारण धेरै मान्छेहरू अझै गुमराहमा हुनुहुन्छ,” उनले भनेका छन् ।

त्यसअगाडि उनले भनेका छन्, “टीकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे, थाहा पाउन निकै ढिला गरे । यद्यपि टीकापुर घटना दूर्भाग्यपूर्ण घटना हो । टीकापुर घटना टीकापुरवासीले चाहेर घटेको घटना होइन । टीकापुर घटना बाहिर सञ्चारमाध्यममा आएजस्तो पूर्ण थारुहरूको संलग्नता भएको पनि होइन ।”

उनले टीकापुर घटना रहस्यमय घटना भएको बताए । के कारणले रमस्यमय ? भनेर सोधिएको प्रश्नमा उनी भन्छन्, “कतिपय कुराहरू यस्ता हुन्छन्, जुन चाहेर पनि खोल्न सकिन्न । घटनापछि सबैभन्दा धेरै थारु साथीहरू मसँग जोडिनुभयो । म राजनीतिका दलका साथीहरूसँग सम्पर्कमा रहेँ । यो गम्भीर र रहस्यमय घटना हो । तर यसलाई निराकरण गर्नका लागि राज्यले ध्यान दिएन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved