पूर्व–पश्चिम राजमार्ग बन्द

नेपाल भ्युज

पूर्व–पश्चिम राजमार्ग बन्द

काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ।

बुटवलनजिकै रहेको सो खोलामा सडक विस्तारको लागि डाइभर्सन बनाइएको थियो। सो डाइभर्सन वर्षाले बगाएपछि अहिले बाटो बन्द भएको प्रहरीले जनाएको छ।

वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुनुको साथै यात्रुहरू अलपत्र परेका छन्। खोलामा पानीको बहाब घटेपछि मर्मत गरेर राजमार्ग संचालनमा ल्याउने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved