घुमेको कपालको स्याहार गर्ने तरिका

नेपालभ्युज

घुमेको कपालको स्याहार गर्ने तरिका

एजेन्सी । घुमेको कपाल हेर्दा जति आकर्षक देखिन्छ त्यति नै त्यसको स्याहार गर्न मुस्किल हुन्छ । त्यसो त सबै प्रकारको कपालको स्याहारको आवश्यकता हुन्छ । तर घुमेको कपाललाई अलि धेरै नै स्याहार गर्नु पर्ने हुन्छ । त्यसैले पनि घुमेको कपाल हुने व्यक्तिहरु कपाललाई लिएर चिन्तित हुन्छन् ।

घुमेको कपालको हेरचाह गर्नु सबैभन्दा ठूलो चुनौती हुन्छ । यदी तपाईंको पनि घुमेको कपाल छ भने चिन्ता नलिनुस् । हामी तपाईंलाई केही टिप्स र ट्रिक्सहरु बताउनेछौं जसलाई अपनाएर तपाईं आफ्नो कपालको स्याहार गर्न सक्नुहुन्छ ।

१. सल्फेट फ्रि स्याम्पुको प्रयोग

कपालका लागि सल्फेट फ्रि स्याम्पुको प्रयोग गर्नुस्, किनकी यस्तो क्यामिकल्सले कपालमा भएको चिल्लोपनालाई कम गर्न सक्छ, जसले कपाल सुख्खा हुने र फ्रिजिनेसको समस्या हुन सक्छ । घुमेको कपाल पहिले नै सुख्खा हुने गर्दछ त्यसैले सल्फेट फ्री स्याम्पुको प्रयोग गर्नु एकदमै जरुरी हुन्छ ।

२. सधैं कन्डीशन गर्ने
घुमेको कपाल सिधाको तुलनामा धेरै रुखो हुन्छ जसको अर्थ त्यसलाई धेरै मोइस्चरको आवश्यक छ । त्यसका लागि राम्रो गुणस्तरको कन्डीशनरको आवश्यकता पर्दछ । यसको नियमित प्रयोगले कपाललाई मुलायम बनाउँछ साथै सुख्खा तथा रुखो हुनबाट जोगाउँछ ।

३. कपाल धेरै नधुने
घुमेको कपाललाई धेरै छिटो छिटो धुने गरेमा धेरै फ्रिजी हुन सक्छन् । यस्तो कपाललाई हरेक तीन दिनमा मात्र धुनु राम्रो हुन्छ । यदी तपाईंको कपाल अझै सुख्खा छ भने कपाल अझै ढिला धुनुहोस् ।

४. ठूला काइयो प्रयोग गर्ने

घुमेको कपाल कोर्नका लागि ठूला दाँत भएको काइयोको प्रयोग गर्नुपर्दछ । मसिनो काइयो प्रयोग गर्दा अल्झिने तथा टुक्रिने समस्या हुन्छ । त्यसैले हेयर ब्रस वा ठूला दाँत भएको काइयोको प्रयोग गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved