कश्मीरमा सुरु भएको जी-२० सम्मेलन विवादमा,  चीनसहित ५ देश अनुपस्थित

नेपालभ्युज

कश्मीरमा सुरु भएको जी-२० सम्मेलन विवादमा,  चीनसहित ५ देश अनुपस्थित

एजेन्सी।  भारतले विवादित क्षेत्र जम्मु कश्मीरको श्रीनगरमा जी-२०  को टुरिजम वर्किङ ग्रुपको बैठक राखेपछि विवाद उत्पन्न भएको छ । बैठकमा केही देश अनुपस्थित भएका छन् भने केही देशले उपस्थित भएर पनि असन्तुष्टि पोखेका छन्।

बैठकमा साउदी अरब, टर्की, इन्डोनेसिया र इजिप्टका प्रतिनिधि पनि अनुपस्थित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जी–२० को अध्यक्षता गरिरहेको भारतले वर्किङ ग्रुपका बैठक अलग अलग सहरहरूमा गर्दै आएको छ । पर्यटनसम्बन्धी सम्मेलन श्रीनगरमा राखेको हो । कश्मीरमाथि पाकिस्तानले पनि दाबी गर्दै आएकाले उक्त क्षेत्र विवादित मानिँदै आएको छ । तर, भारतले कश्मीरमा कुनै पनि विवाद नरहेको भन्दै आएको छ ।

सन् २०१९ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले कश्मीरलाई दिँदै आएको विशेष राज्यको दर्जासमेत खोसेर केन्द्र सरकार मातहतको राज्यमा परिणत गरेको थियो ।

चीनले कश्मीरमा हुने बैठकप्रति आपत्ति जनाएको छ । कश्मीरलाई विवादित क्षेत्र भन्दै चीनले त्यहाँ हुने बैठकमा सहभागी नहुने सार्वजनिक गरेको थियो । यसअघि गत मार्चमा अरुणाचल प्रदेशमा गरिएको जी–२० को एउटा बैठकप्रति पनि चीनले आपत्ति जनाउँदै सहभागिता जनाएको थिएन ।

बैठकप्रति पाकिस्तानले झन ठूलो आपत्ति जनाइसकेको छ । सन् २०२३ को लागि जी-२० को अध्यक्षता भारतले गर्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved