हर्क साम्पाङ र विष्णु रिमालबीच वादविवाद, ‘बहुला’ र भुसुना भन्दै भनाभन

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङबीच सार्वजनिक मञ्चबाट वादविवाद भएको छ। तुच्छ शब्द प्रयोग गरेर एक अर्कालाई गाली गरेका हुन्।

नेपालभ्युज

हर्क साम्पाङ र विष्णु रिमालबीच वादविवाद, ‘बहुला’ र भुसुना भन्दै भनाभन

काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङबीच सार्वजनिक मञ्चबाट वादविवाद भएको छ। तुच्छ शब्द प्रयोग गरेर एक अर्कालाई गाली गरेका हुन्।

शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका मेयर हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ भनेका थिए। हर्कले आज शनिबार बिहानै मेयर हर्कले रिमाललाई फेसबुकबाटै जवाफ फर्काए।

भुसुनोको रूपमा चित्रण गर्दै उनले भने , ‘‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ। अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’’

त्यसपछि नेता रिमालले आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै काम गर्न ‘बहुलाउनै पर्ने’ बताए। उनले ०७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved