देशको संकट टार्ने विकल्प एमालेसँग मात्रै छ : महासचिव पोखरेल

नेपालभ्युज

देशको संकट टार्ने विकल्प एमालेसँग मात्रै छ : महासचिव पोखरेल

देउखुरी ।  नेकपा(एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन् । उनले एमालेले सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणलाई विशेष महत्व दिएको बताए ।

एमाले जिल्ला कमिटी दाङले नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको ठोकुवा गरे । उनले नेत्रलाल अभागीले दाङको कम्युनिष्ट आन्दोलन, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गरे । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved