‘ए’ डिभिजन लिग : शेर्पाले एपीएफलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : शेर्पाले एपीएफलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले एपीएफ फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा खेलमा शेर्पाले एपीएफलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।

शेर्पाको लागि खमिर गिल्सन, पीस्टन मुटाम्बा र अबायोमी फाकुन्लेले गोल गरे। एपीएफको लागि भने सनिश श्रेष्ठ र युवराज खड्काले गोल गरे।

खेलको ७ औँ मिनेटमा खमिरले गोल गर्दै शेर्पालाई अग्रता दिलाए। १८ औँ मिनेटमा मुटाम्बाले शेर्पाको लागि दोस्रो गोल गरे। खेलको ५१ औँ मिनृटमा फाकुन्लेले शेर्पाको लागि तेस्रो गोल गरे।

८७ औँ मिनेटमा सनिशले एपीएफको लागि पहिलो गोल गर्दै खेललाई ३–१ मा पुर्याए। इन्ज्यूरी समयमा युवराजले एपीएफको लागि दोस्रो गोल गरे।

यससँगै १९ खेलबाट शेर्पाले २४ अंक जोडेको छ। एपीएफले भने १९ खेलबाट २२ अंक जोडेको छ।

यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो। आर्मीको लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गरे। खुमलटारको लागि भने मेसुके ओलुमोउ र स्टेफन समिरले गोल गरे।

खेलको १४ औँ मिनेटमा जगजितले गोल गर्दै आर्मीले अग्रता लियो। ३५ औँ मिनेटमा खुमलटारको लागि मेसुकेले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

५१ औँ मिनेटमा नवयुगले आर्मीको लागि दोस्रो गोल गरे। ७५ औँ मिनेटमा स्टेफनले खुमलटारको लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए ।

१९ खेलबाट आर्मीले २६ अंक जोडेको छ। खुमलटारले भने १९ खेलबाट १८ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved