रेशम चौधरी जेलमुक्त नहुने, जन्मकैदको सजाय सर्वोच्च अदालतद्वारा सदर

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पूनरावेदन गरेका थिए । 

नेपालभ्युज

रेशम चौधरी जेलमुक्त नहुने, जन्मकैदको सजाय सर्वोच्च अदालतद्वारा सदर

काठमाडौं ।  सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गरेको छ । यसअघि उच्च अदालत दिपायलले गरेको जन्मकैद तोक्ने फैसला नै सर्वोच्चले सदर गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पूनरावेदन गरेका थिए । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला कायमै राखेको हो ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा झडप हुँदा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो । रेशमलाई यसअघि जिल्ला अदालत कैलालीले पनि जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि उनी उच्च अदालत गएका थिए । उच्च अदालतले पनि जन्मकैदको सजाय कायमै राखेको थियो ।

यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved