आईपीएल : गुजरात प्ले अफमा, हैदरावाद बाहिरियो

नेपालभ्युज

आईपीएल : गुजरात प्ले अफमा, हैदरावाद बाहिरियो

एजेन्सी। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ । घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका हेनरिच क्लासेनले सर्वाधिक ६४ रन बनाए ।

गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान ४/४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । उसका शुभमन गिलले १ सय १ रनको शतकीय पारी खेले ।

हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जितसँगै गुजरात १३ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । हैदराबाद १२ खेलमा आठ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । हैदरावाद प्लेअफ दौडबाट बाहिरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved