काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शेर्पाले आज बेलुका उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका हुन् ।
शेर्पाले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालय पुगेर भेटघाट गरि अन्यको नाम नलिन दबाब दिएको समेत आरोप छ।
यो प्रकरणमा पक्राउ पर्ने शेर्पा १४ औं व्यक्ति हुन् । यसअघि एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पुर्व गृहमन्त्री  बालकृष्ण खाण लगायत पक्राउ परिसकेका  छन् ।
शेर्पाविरुद्ध शरणार्थीको नाममा ठगी गरेको आरोपमा अदालतबाट प्रहरीले शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो।