नक्कली शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद् अघि नबढाउन एमालेको माग

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद् अघि नबढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि नबढाउन माग गरेको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै  एमालेका सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताएका हुन् ।  सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसदलाई जानकारी नगराएको भन्दै ठाकुरले असन्तुष्टि जनाए ।

सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भए पनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गरे । उनले अन्तर्राष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनी सरकारलाई प्रश्न गरे ।

सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको  ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved