स्थानीय तहमा बेथिति

सडकमा बत्ती छैन, रक्सी र मासुमा नगरपालिकाको लाखौँ रकम स्वाहा (भिडिओ)

स्थानीय भन्छन्, ‘‘मेन सडकमा बत्ती छैन। सीसी क्यामेरा त परको कुरा। बिग्रिएको ठाउँमा नयाँ बत्ती हालौँ भन्दा मान्दैनन्। तर, रिर्सोटमा रक्सी र मासुभातमा लाखौँ रुपैयाँ उडाए।’’

नेपालभ्युज

सडकमा बत्ती छैन, रक्सी र मासुमा नगरपालिकाको लाखौँ रकम स्वाहा (भिडिओ)

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विकास निर्माणमा छुट्याएको ठूलो रकम जनप्रतिनिधि र कर्मचारीको लागि मदिरा र मासुभातमा खर्च गरेको छ ।

‘जनप्रतिनिधि र कर्मचारीहरूका लागि २ दिने क्षमता अभिवृद्धि कार्यक्रम’को नाममा नगरपालिकाले धुलिखेलको एक रिसोर्टमा लाखौँ रुपैयाँ बजेट दुरुपयोग गरेको हो। १० लाख बढी बजेट रकम सक्नकै लागि शुक्रबार र शनिबार दुई दिन आवासीय कार्यक्रम गरिएको थियो।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुस्ट्याइँ हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ। तर, गोकर्णेश्वर नगरपालिकाले रक्सी र मासु भोज भतेर खुवाएर ‘२ दिने क्षमता अभिवृद्धि कार्यक्रम’ गरेको भन्दै प्रतिवेदन बनाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ। तर, मेयर दीपक कुमार रिसाल र प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाको मिलेमतोमा मदिरामै लाखौँ दुरुपयोग गरिएको हो।

कार्यक्रममा १० लाख बढी रुपैयाँ खर्च भएको एक जनप्रतिनिधिले बताए। स्थानीय जनता भने आफूहरूले सामान्य पूर्वाधारको लागि बजेट माग्न जाँदा पनि नपाएको गुनासो गर्छन्।

एक स्थानीयले भने, ‘‘मेन सडकमा बत्ती छैन। सिसी क्यामेरा त परको कुरा। बिग्रिएको ठाउँमा नयाँ बत्ती हालौँ भन्दा मान्दैनन्। तर, रिर्साेटमा रक्सी र मासुभातमा लाखौँ रुपैयाँ उडाए।’’


Comment

2 thoughts on “सडकमा बत्ती छैन, रक्सी र मासुमा नगरपालिकाको लाखौँ रकम स्वाहा (भिडिओ)

  1. आफ्नो नगरपालिका प्रतिनिधि र कर्मचारी को क्षमता अभिबृधी कार्यक्रम पनि रिसोर्ट मा हरेर निमुखा जनताको करमा रक्सिको होलि खेल्ने यी नरपिशाचलाइ कारवाही कल्ले गर्ने जागौ है जनता

  2. भाषणमा चै जनतालाई मिठा कुरा राश्र्व काे रकमले आफुलाई मिठाे खाना जय हाेस् जनप्रतिनिधिको 🖇️🖇️🖇️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved