मूख्य दलले नै लेखा परीक्षण रिपोर्ट सार्वजनिक गरेनन्, आयोगले गर्‍यो ताकेता

नेपालभ्युज

मूख्य दलले नै लेखा परीक्षण रिपोर्ट सार्वजनिक गरेनन्, आयोगले गर्‍यो ताकेता
फाइल फोटो

काठमाडौं। ८२ वटा राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगरेको पाइएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत ८२ वटा दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छैनन् ।

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेश गर्न भनेको छ ।

आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved