ट्विटरले चाँडै महिला सीईओ पाउनेछ  : एलन मस्क

नेपालभ्युज

ट्विटरले चाँडै महिला सीईओ पाउनेछ  : एलन मस्क

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले ट्वीटरले छिट्टै नयाँ सीईओ पाउने बताएका छन् ।

मस्कले ट्विट गरेर चाँडै नै ट्विटरले सीईओ पाउने पाउने र त्यसमा पनि महिला सीईओ नियुक्त हुने बताएका छन् ।  उनले सीईओको लगभग पक्का भएको र ६ हप्तापछि काम थाल्ने पनि बताएका छन् ।

नयाँ सीईओको नियुक्तीपछि मस्कले कार्यकारी अध्यक्ष र प्रमुख प्राविधिक अधिकारीको जिम्मेवारी सम्हाल्नेछन् र उनको काम निरीक्षण मात्रै हुनेछ । मस्कलाई ट्विटरको नेतृत्व गर्न नयाँ सीईओ नियुक्त गर्न दबाब थियो ताकि उनले आफ्नो अन्य व्यवसायहरूमा ध्यान केन्द्रित गर्न सकून्।

गत वर्ष, ट्विटर प्रयोगकर्ताहरूले उनलाई अनलाइन पोलमा सीईओको पद छोड्न आग्रह गरेका थिए। त्यसपछि उनले राजीनामा दिएका थिए ।  मस्कको यो घोषणापछि उनको कम्पनी टेस्लाको शेयर मूल्य बढेको छ ।

शेयरधनीहरूले ट्विटर अधिग्रहण पछि मस्कले टेस्लालाई ध्यान नदिएको आरोप लगाएका छन्। जसका कारण टेस्ला कार कम्पनीको ब्राण्ड भ्यालु घट्दै गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved