भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदममा नेसपाको साथ, अपराधीलाई उन्मुक्ति नदिन भट्टराईको आग्रह

भट्टराईले यो प्रकरणलाई टेस्ट केसका रुपमा लिएर भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न केही सुझाव समेत दिएका छन् ।

नेपालभ्युज

भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदममा नेसपाको साथ, अपराधीलाई उन्मुक्ति नदिन भट्टराईको आग्रह

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारविरुद्ध सरकारले थालेको कदमको स्वागत गर्दै अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

अध्यक्ष भट्टराईले आज प्रेस वक्तव्य निकालेर नक्कली भुटानी शरणार्थी प्रकरणबारे अहिले चलिरहेको अनुसन्धान निष्पक्ष ढंगले अघि बढाएर छिटो तार्किक निष्कर्षमा पुर्‍याउन पनि आग्रह गरेका छन् ।

भट्टराईले भनेका छन्, ‘आफ्नै देशको नागरिकलाई अनागरिक वनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो । यो प्रकरणमा सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि वढाएको छ त्यसको नेपाल समाजवादी पार्टी स्वागत गर्दछ ।’

भट्टराईले यो प्रकरणलाई टेस्ट केसका रुपमा लिएर भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रुपमा निवारण गर्न केही सुझाव समेत दिएका छन् । उनले त्यसका लागि शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार, दलहरुको चुनावी खर्च राज्यले व्यहोर्ने व्यवस्था, सवै तहका भ्रष्टाचारको छानबिन र कारबाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था, प्रशासन र न्यायालयमा समयोचित सुधार तथा राजनीतिक हस्तक्षेपको अन्त्य, संरचनात्मक सुधार निम्ति आवश्यक संवैधानिक र कानूनी परिवर्तन गर्नुपर्ने बताएका छन् ।

चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी जस्ता विकृति मुलुकको गम्भीर समस्या वनेको भन्दै भट्टराईले यसले आम नागरिकमा समेत राज्य, राजनीतिक दल र नेताप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेकोमा पनि सचेत गराएका छन् ।

हेर्नुहोस वक्तव्य :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved