अमेरिकाको धम्कीपछि पूर्वगृहमन्त्री खाण पक्राउ : रवीन्द्र मिश्र

नेपालभ्युज

अमेरिकाको धम्कीपछि पूर्वगृहमन्त्री खाण पक्राउ : रवीन्द्र मिश्र

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी दबाब र धम्कीपछि मात्रै पूर्वगृहमन्त्री खाण पक्राउ परेको जिकिर गरेका छन्।

उनले बिहीबार फेसबुकमा लेख्दै नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएकोले अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका हुन्।

उनले भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिने ! भन्दै लेखेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआई’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन पनि उनले स्टाटसमार्फत नै आग्रह गरेका छन्।

‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन’ उनले लेखेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved