पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानमा देशैभर आगजनी र तोडफोड 

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशैभर इमरानका समर्थकले आगजनी र तोडफोड गरिरहेका छन्।

नेपालभ्युज

पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानमा देशैभर आगजनी र तोडफोड 

काठमाडौं। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशैभर इमरानका समर्थकले आगजनी र तोडफोड गरिरहेका छन्।

इमरानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी ले देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ। हिंसालाई ध्यानमा राख्दै पाकिस्तानमा धारा १४४ लागू गरिएको छ। पाकिस्तानमा मोबाइल इन्टरनेटपछि ट्विटर सेवा बन्द भएको छ।

इमरान खान पक्राउपछि पाकिस्तान अशान्त, अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

व्हाट्सएप र फेसबुक लगायतका सबै सामाजिक सञ्जालहरू पनि बन्द गरिएका छन्। गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो।

इमरानलाई इस्लामाबाद उच्च अदालतबाट पनि झटका लागेको छ। उच्च अदालतले इमरानको गिरफ्तारीलाई सदर गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved