इमरान खान पक्राउपछि पाकिस्तान अशान्त, अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

नेपालभ्युज

इमरान खान पक्राउपछि पाकिस्तान अशान्त, अमेरिकी दूतावासले जारी गर्‍यो ‘अलर्ट’

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछिव पाकिस्तान अशान्त बनेको छ । रावलपिंडी, लाहोर, पेशावरलगायत धेरै सहरमा उनका समर्थक र तेहरिक–ए–इन्साफ पार्टीका कार्यकर्ताहरूले प्रदर्शन चर्काएका छन्

देशको अवस्थालाई मध्यनजर गर्दै अमेरिकी दूतावासले अलर्ट जारी गरेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी दूतावासले इस्लामाबादमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडप र आगामी दिनमा हुन सक्ने वा नियोजित सबै प्रदर्शनको अनुगमन गरिरहेको छ ।’

यसैलाई ध्यानमा राख्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले आज बुधबार सबै कन्सुलर अपोइन्टमेन्टहरू रद्द गर्दैछ।यससँगै दूतावासले एक एडभाइजरी जारी गरेको छ, जसमा पाकिस्तानमा बस्ने अमेरिकी नागरिकले कुन–कुन कुरामा ध्यान दिनु पर्ने भनिएको छ ।

अलर्टमा भनिएको छ – :

-सतर्क रहनुहोस् र ठूलो संख्यामा मानिसहरू भेला हुने ठाउँहरूमा जानबाट जोगिनुहोस्।

-आफ्नो सुरक्षा योजनाहरू समीक्षा गरिरहनुहोस्।

-आफ्नो परिचय पत्र बोक्नुहोस् र कानूनको पालना गर्नुहोस्

– स्थानीय मिडिया मार्फत स्थिति बारे जानकारी लिइरहनुहोस्।

इमरान खानलाई मंगलबार इस्लामावाद प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गरेको थियो । यसपछि इमरानका समर्थकहरूले धेरै शहरहरूमा प्रदर्शन र तोडफोड गर्न थालेका छन् ।

इमरान खानको गिरफ्तारीको विरोधमा पीटीआई कार्यकर्ताहरू रावलपिंडीस्थित सेनाको मुख्यालयमा प्रवेश गरेका छन्। प्रहरीका गाडीमा आगजनी भएको छ ।  प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved