यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

नेपालभ्युज

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं ।  सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

उनले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताईन् । उनले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताईन्।

उनले ढल्केवर वाणगंगा १३२ केबी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको बताउनु भयो । उहाँले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved