‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले खुमलटारलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले खुमलटारलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले एफ सी खुमलटारलाई पराजित गरेको छ। च्यासल रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्सले खुमलटारलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

यससँगै १६ खेलबाट १९ अंक जोडेको फ्रेन्ड्स अंक तालिकाको ८औँ स्थानमा उक्लिएको छ। १६ खेलबाट १७ अंक जोडेको खुमलटार भने १३ औँ स्थानमा झरेको छ।

फ्रेन्ड्सको लागि रफिक अमानु र सन्तोष खत्रीले गोल गरे। खुमलटारको लागि भने मिसुकेले गोल फर्काए।

खेलको चौथो मिनेटमा रफिकले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। १६औँ मिनेटमा रफिकले फ्रेन्ड्सको लागि दोस्रो गोल गरे। ६७ औँ मिनेटमा मिसुकेले खुमलटारको लागि गोल गर्दै खेललाई २–१ मा पुर्‍याए। ७८औँ मिनेटमा सन्तोषले फ्रेन्ड्सको लागि तेस्रो गोल गरे।

यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दीबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो। पुलिसका लागि अहमद हिजाजीले गोल गरे भने मनाङको लागि रोशन मगर र सायिद जमोल डाभ्लाटजोनोभले गोल गरे।

खेलको १६औँ मिनेटमा गोल गर्दै अहमदले पुलिसलाई अग्रता दिलाए। ३३औँ मिनेटमा मनाङको लागि रोशनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए। ४४औँ मिनेटमा सायिदले गोल गर्दै मनाङलाई अग्रता दिलाए। ७१औँ मिनेटमा अहमदले पुलिसको लागि गोल गरेसँगै खेल २–२ को बराबरीमा पुग्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved