बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो : वामदेव गौतम

नेपालभ्युज

बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो : वामदेव गौतम

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्न ल्याइएको बताएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

सिद्धान्त र प्राथमिकता विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गर्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौं र हुनेछ बाहेक अन्य नभएको बताए।

उनले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्बभन्दा कमी रकमले नहुने स्पष्ट पारे । साथै, उनले राज्य व्यवस्था परिवर्तन भए पनि शासकीय स्वरूप परिवर्तन हुन नसक्दा जनताले मार खेपिरहनुपरेको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved