गर्भावस्थामा कब्जियतबाट राहत पाउने तरिका

नेपालभ्युज

गर्भावस्थामा कब्जियतबाट राहत पाउने तरिका

एजेन्सी। गर्भावस्थामा महिलाहरूलाई कैयौं प्रकारका समस्याहरूबाट गुज्रनुपर्दछ । तीमध्ये एउटा आमसमस्या कब्जियत पनि हो। कब्जियतबाट राहत पाउनका लागि कस्ता घरेलु उपायहरू अपनाउन सकिन्छ यसबारे जानौं–

– यदि, गर्भावस्थामा कब्जियतको समस्या भइरहेको छ भने कागती पानी पिउन सकिन्छ । साथै, यसमा मह मिसाउन पनि सकिन्छ।

– कब्जियतको समस्यामा दहीको सेवन पनि राम्रो विकल्प हो । त्यसैले, आफ्नो आहारमा नियमितरूपमा दहीको सेवन गर्ने गर्नुहोस् ।

– त्यस्तै, गर्भावस्थामा कब्जियत हुँदा रातमा सुत्नुभन्दा अगाडि दूधमा थोरै घ्यू मिसाएर पिउन सकिन्छ । यसले बिहान पेट सफा हुन्छ ।

– कब्जियतको समस्या भएमा फाइबर भएका खानेकुरामा विशेष जोड दिनुपर्दछ । फाइबर पाउनका लागि फलफूलमा जस्तै केरा, स्याउ, ओट्स, नासपती आदि पनि खान सकिन्छ।

– त्यस्तै, अमलाको जुस, त्रिफला चूर्ण आादिको पानी पनि पिउन सकिन्छ । यसले कब्जियतमा एकदमै राहत दिने काम गर्छ।

– खानपानमा दिनहुँ दालको पनि सेवन गर्नु फाइदाजनक हुन्छ । यसले कब्जियत हुन दिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved