‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले फेन्ड्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

चर्चका लागि अञ्जन विष्ट र आशिष चापागाईले गोल गरे। फ्रेन्ड्सका लागि भने बेन क्वान्साले गोल गरे।

१४ औँ मिनेटमा बेनले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। ८७ औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै चर्चको लागि पहिलो गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। इन्ज्युरी समयमा आशिषले चर्चको लागि दोस्रो गोल गरे।

१४ खेलबाट २४ अंक जोडेको चर्च अंक तालिकाको दोस्रो स्थामा उक्लिएको छ। १४ खेलबाट १५ अंक जोडेको फ्रेन्ड्स भने सातौं स्थानमा छ।

यस्तै, च्यासल रंगशाालमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ। हिमालयनको लािग खामिर गिल्सनले गरेको गोल नै निर्णायक बन्यो। खेलको ६५औँ मिनेटमा गिल्सनले हिमालयनको लागि गोल गरे।

१४ खेलबाट १७ अंक जोडेको हिमालयन आठौं स्थानम उक्लिएको छ । १४ खेलबाट २२ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved