पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुल्यो

सडक भासिएको केही बेरदेखि ग्याबिन भर्ने काम गरेर १८ घण्टामा सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालय (धादिङ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जैयसवालले बताए।

नेपालभ्युज

पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुल्यो

काठमाडौं। सडक भासिएका कारण सोमबार अपराह्न ४ बजेदेखि बन्द पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। पृथ्वी राजमार्ग अन्तरगत धुनिबेसी–६, धादिङस्थित गणेश खोलामा आएको पहिरोको कारण अवरुद्ध सडक सैनिक इन्जिनियर्सको समन्वयमा सडक विभागका कर्मचारी तथा प्रहरीको सहयोगमा नेपाली सेनाबाट परिचालित टोलीले खुलाएको हो।

सडक दुईतर्फी सञ्चालनमा ल्याइने तयारी छ।
सडक भासिएको ठाउँमा ग्याबिन भरेर बन्द भएको १८ घण्टापछि राजमार्ग खुलाइएको हो।

सडक भासिएको केही बेरदेखि ग्याबिन भर्ने काम गरेर १८ घण्टामा सडक खुलाउन सफल भएको जिल्ला प्रहरी कार्यालय (धादिङ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जैयसवालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved