किरण बाबु पुनको ‘नयाँ जिन्दगी’ गीतमा प्रेम र सगुनको मार्मिक अभिनय

गायक तथा सङ्गीतकार किरण बाबु पुनको नयाँ गीत “नयाँ जिन्दगी” को भिडिओमा प्रेम थापा र सगुन शाही ठकुरीले मार्मिक अभिनय गरेका छन्। किरण बाबु पुनको युट्युब च्यानलमा सार्वजनिक गीतमा प्रेम र सगुनले एकअर्काको लागि बाँचेको विषयलाई देखाइएको छ।

नेपालभ्युज

किरण बाबु पुनको ‘नयाँ जिन्दगी’ गीतमा प्रेम र सगुनको मार्मिक अभिनय

काठमाडौं। गायक तथा सङ्गीतकार किरण बाबु पुनको नयाँ गीत “नयाँ जिन्दगी” को भिडिओमा मोडल प्रेम थापा र सगुन शाही ठकुरीले मार्मिक अभिनय गरेका छन्। किरण बाबु पुनको युट्युब च्यानलमा सार्वजनिक गीतमा प्रेम र सगुनले एकअर्काको लागि बाँचेको विषयलाई देखाइएको छ।

भिडिओमा जसोतसो भए पनि जिउने हिम्मत जुटाएको, आफ्नी मायालुलाई पाएसी नयाँ जीवन पाएको जस्ता प्रेमपूर्ण भावना समेटिएको छ।
चर्चित गायक रामजी खाँण र टीका पुनको सुमधुर आवाजले सजिएको गीतको शब्द पुष्कर विश्वकर्माले लखेका हुन्।

सर्जक पुनले आफैँ कर्णप्रिय संगीत भरेर गीतलाई जीवन्त दिएका छन्। शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा मिक्सिङ्गको काम कुमार सानु पुन, रेकर्डिङ सागर पुनले गरेका हुन्। त्यस्तै रिदम मेघराज लुङ्गेली, बाँसुरी गोपाल देव, सारङ्गी धर्म गन्धर्व, स्याक्सोफोन रबिन कार्की, कोरस स्मृति शाही र निर्मला घिसिङको छ।

भिडिओको निर्देशन सिर्जन बराल (ऋषि), छायांकन राम केसी, सम्पादन राजकुमार मगर, मेकअप आशा, पोस्ट प्रोडक्सन–राजकुमार फिल्मस्, पोस्टर दुर्गेश राना, छायांकन स्थल बागलुङ, आइटी सपोर्ट तथा डिजिटल कन्टेन्ट म्यानेजमेन्ट राजेन्द्र अर्याललगायतको सहयोग रहेको गायक तथा सङ्गीतकार पुनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved