महिलाको यौन क्षमता बढाउने जडीबुटी

नेपालभ्युज

महिलाको यौन क्षमता बढाउने जडीबुटी

एजेन्सी। आयुर्वेदिक जडीबुटी महिलाको प्रजनन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छन् । साथै, यौन क्षमता बढाउने तथा राम्रो बनाउनका लागि पनि केही जडीबुटीहरूको सेवन गर्नु फाइदाजनक हुन्छ।

शिलाजित

औषधीय गुणहरूले भरिपूर्ण शिलाजित महिलाहरूको यौन क्षमता बढाउन सक्छ । शिलाजितको सेवन दूध वा महसँग गर्न सकिन्छ । गर्भावस्था तथा उच्च रक्तचाप भएको अवस्थामा भने यो सेवन गर्नबाट बच्नुपर्छ।

अश्वगन्धा

एक गिलास पानीमा एक चम्चा अश्वगन्धाको धूलो मिसाएर उमाल्ने । त्यसपछि उक्त पानीलाई छानेर पिउँदा यौन क्षमता बढाउँछ । यो एकदमै गर्मी फल भएको हुनाले अश्वगन्धाको पानी हप्तामा दुई पटकभन्दा धेरै पिउनु हुँदैन।

कुरिलो

एन्टीअक्सिडेन्टस् जस्ता कैयौं पोषक तत्वले भरिपूर्ण कुरिलो पनि महिलाको प्रजनन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यसैले, यौन क्षमता बढाउन चाहनुहुन्छ भने पनि कुरिलोको सेवन गर्नु फाइदाजनक हुन्छ।

सेतो मुसली

सेतो मुसली जडीबुटी पनि महिलाको यौन इच्छा तथा क्षमता बढाउनका लागि सहयोगी हुन्छ । यसको सेवन दूधसँग गर्न सकिन्छ । यसले प्रजनन स्वास्थ्यमा पनि सुधार ल्याउँछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved