शिक्षकको निमावि तह सामान्य परीक्षाको नतिजा प्रकाशित

नेपालभ्युज

शिक्षकको निमावि तह सामान्य परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।  सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी रहेको उक्त परिक्षा वैशाख ९ गते लिइएको हो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार १३ हजार ९३९ जनाले मात्रै सामान्य परीक्षा पास गरेका छन् । जुन २०.७४ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएकोमा जम्मा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनामध्ये १ हजार २३१ जना उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना उत्तीर्ण भएको आयोगले जनाएको छ । यस्तै, गण्डकी प्रदेशबाट ११ हजार ७२८ जना सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएको बताइएको छ ।

बागमती प्रदेशबाट ११ हजार ६०६ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८०३ जना, मधेस प्रदेशबाट ६ हजार २१० जना परीक्षा सहभागी भएकोमा १ हजार १०० जना र कोशी प्रदेशबाट १५ हजार ५९७ जना सहभागी भएकोमा ३ हजार ८५ जना परीक्षार्थी उत्तीर्ण भएको आयोगले जनाएको छ।

विषयगत परीक्षा ९ भदौमा हुने आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved