ओली भन्छन्–‘राजतन्त्र कि फटाहाले मान्छ, कि मुर्खले’

मोहन भन्छन्–'०६३ सालसम्म तपाईं पनि फटाहा र मुर्ख हुनुहुन्थ्यो ?’

नेपालभ्युज

ओली भन्छन्–‘राजतन्त्र कि फटाहाले मान्छ, कि मुर्खले’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेलाई फटाहा, स्वार्थी र मुर्ख भन्दै टिप्पणी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अखिल नेपाल किसान महासंघको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो टिप्पणी गरेका हुन्।

उनले राजतन्त्र मान्छु भन्नेहरू स्वार्थी, फटाहा, मुर्ख र अज्ञानी हुने भन्दै चर्को विरोध गरेका थिए। ‘स्वार्थी र बिकाउहरूले मात्र राजतन्त्र मान्छन्’ उनले भने–‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले। कि मुर्खले मान्छ। कोही कोही अज्ञानीले पनि मान्छ। एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर राजतन्त्र मान्छन्।’

अध्यक्ष ओलीले अर्कोथरी स्वार्थ साधना गर्नेले पनि राजतन्त्र मान्ने भन्दै अगाडि थपे–‘बुद्धि नभएकाहरूले,जन्मिदै यस्तो हुनुपर्छ भन्नेले र स्वार्थी तथा बिकाउ मालहरूले पनि मान्छन्।’

स्वार्थी तत्वहरूले अपराधीकरणका लागि राजतन्त्र मान्ने गरेको अध्यक्ष ओलीको भनाइ थियो। उता ओलीको भनाइको प्रतिवाद गर्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधरको आस्था र भावनामा चोट पुगेको र त्यसलाई आपत्तिजनक र दुर्भाग्यपूर्ण भनेका छन्।

राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको उनले फेसबुकमा लेखेका छन्। ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ’ उनले भनेका छन्–‘संगसंगै प्रश्न पनि गर्न चाहन्छु– ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved