महावीर पुनसँगै सडकमा बस्न पुगे झलनाथ

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै ३ दिनयता धर्नामा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै खनाले माइतीघर पुगेका हुन् ।

नेपालभ्युज

महावीर पुनसँगै सडकमा बस्न पुगे झलनाथ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल महावीर पुनको धर्नास्थल माइतीघर मण्डला पुगेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै ३ दिनयता धर्नामा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै खनाले माइतीघर पुगेका हुन् ।

माइतीघर पुगेका खनाल पुनसँगै सडकमै बसेर उनका मागहरू सुनेका छन् । खनालले पुनका मागहरू सरकारले यथाशक्य सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार दिउँसो २ बजे सरकार र पुनबीच अनौपचारिक वार्ता भएको छ । अनौपचारिक वार्ताबाट साँझ ५ बजेसम्म वार्ता समिति बनाउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी टोली र आन्दोलनरत पुन नेतृत्वको टोलीबीच उक्त सहमति भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved