बाबुराम भन्छन्- सङ्क्रमणकालीन न्याय टुङ्गिएपछि मेरो सम्पूर्ण ध्यान वैकल्पिक शक्तितिरै हुन्छ

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले अबको आधार नयाँ तथा वैकल्पिक शक्ति नै भएको बताएका छन् ।

नेपालभ्युज

बाबुराम भन्छन्- सङ्क्रमणकालीन न्याय टुङ्गिएपछि मेरो सम्पूर्ण ध्यान वैकल्पिक शक्तितिरै हुन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले अबको आधार नयाँ तथा वैकल्पिक शक्ति नै भएको बताएका छन् । नेपालभ्यूजसँग कुराकानी गर्दै भट्टराईले यसबारे प्रष्ट्याएका हुन् । “अबको आधारचाहिँ नयाँ तथा वैकल्पिक शक्तिहरू नै हुन्,” पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने ।

माओवादी जनयुद्धका एक मुख्य हिस्सासमेत रहेका भट्टराईले सङ्क्रमणकालीन न्यायलगायतका विषयहरू टुङ्गिएपछि आफ्नो सम्पूर्ण ध्यान नयाँ तथा वैकल्पिक शक्तितिरै हुने बताए । “म पनि सङ्क्रमणकालीन न्यायको एक मुख्य अङ्ग हुँ, त्यसकारण यसलाई टुङ्गोमा पुर्‍याउने मेरो पनि अभिभारा हो,” भट्टराईले भने, “यसलाई टुङ्गोमा पुर्‍याएपछि मेरो सम्पूर्ण ध्यानचाहिँ वैकल्पिक शक्तितिरै हुनेछ ।”

उनले आफ्नो वर्तमान समय अन्तरद्वन्द्वमा बितिरहेको बताए । तपाईं पुरानो हो कि नयाँ हो ? भन्ने नेपालभ्यूजको जिज्ञासामा भट्टराईले भने, “मलाई धेरैले सोध्छन् यो प्रश्न, मलाई रोचक नै लाग्छ । एक हिसाबले भन्दा मेरो वर्तमान अन्तरद्वन्द्वमै बितिरहेको छ । मैले पुरानो चटक्कै छाडिहाल्न र नयाँमै हाम फालिहाल्न सकेको छैन ।”

अबको चरण विकास र समृद्धिको हो, नेताहरूले ‘सत्ता-लिप्सा’ त्याग्नैपर्छ : डा. बाबुराम भट्टराई

उनले पुरानो शक्तिहरूले ल्याएको परिवर्तन र उपलब्धि स्वीकार्दै अगाडि बढ्दामात्रै समाजवादसम्म पुगिने बताए । ‘विश्व परिवर्तनशील छ । नेपाली समाज पनि परिवर्तनशील बन्दै गएको छ । तर, अब संश्लेषित, परिवर्तन हुँदै जानुपर्छ ।त्यस अर्थमा हिजोकै सिद्धान्त, विचार र बाटोले मात्रै पन कहीँ पुगिन्न । समयानुकूल फेरिएर अगाडि बढ्नुपर्छ । तर पनि फेरि हिजोका परिवर्तनहरूलाई बाइपास गर्दै अगाडि बढ्न सकिन्न । यसलाईचाहिँ ध्यानमा राख्नुपर्छ,’ उनले भनेका छन् ।

अगाडि उनले भने, “फेरि पनि मेरो ब्रह्म-बिबेकले देखेकोचाहिँ नयाँ/वैकल्पिक शक्ति नै हुन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved