स्वरूपको स्वरमा आयो डा. बस्ताकोटीको ‘एउटा प्रश्न’

नेपालभ्युज

स्वरूपको स्वरमा आयो डा. बस्ताकोटीको ‘एउटा प्रश्न’

१६ वैशाख, काठमाडौं । सुगम संगीतका लोकप्रिय गायक स्वरूप राज आचार्यको स्वरमा ‘एउटा प्रश्न’ बोलको गीत द टच क्रियसनले हालै सार्वजनिक गरेको छ ।
साहित्यकार डा. ऋषि बस्ताकोटीको शब्द रचना र राजेश थापाको संगीत रहेको यो गीतको संगीत संयोजन निरोज लामाले गरेका हुन् भने ध्वनि मिश्रण किशोर थापाको रहेको छ । गायक आचार्य स्वयंको अभिनय रहेको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् भने सम्पादन बिनोद बमको रहेको छ । म्युजिक भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी हुन् ।

‘जीवनमा धेरैलाई धेरै प्रश्न गरियो । यसपटक भने एउटा प्रश्न आफैंलाई गर्न मन लाग्यो र यो गीत जन्मियो,’ गीतका रचनाकार बस्ताकोटी भन्छन् । गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउँदै गीतकार बस्ताकोटीले हेर्ने गीतको जमानामा यो गीत आँखालाई भन्दा पनि कान र मनलाई बढी केन्द्रित गरी बनाइएको प्रष्ट पारे ।

जीवन दर्शन बोकेको गहन गीतमा सहकार्य गर्न पाएकोमा गौरव लागेको बताउँदै संगीतकार राजेश थापाले यसमा आफूले सकेको मिहिनेत गरेको बताए ।
आफ्ना विगतका सिर्जनामा जस्तै यस गीतमा पनि स्रोता/दर्शकको माया पाउनेमा गायक स्वरूपराज आचार्य आशावादी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved