यी चिज खाँदा हुन सक्छ हड्डी कमजोर

नेपालभ्युज

यी चिज खाँदा हुन सक्छ हड्डी कमजोर

एजेन्सी। हिजोआजको गलत जीवनशैलीका कारण शरीरमा कैयौं प्रकारका समस्याहरू देखिइरहेका हुन्छन् । यस्तो स्थितिमा गलत खानपानले शरीरलाई कमजोर बनाउन सक्छ । केही खानेकुरा यस्ता छन् जसको सही मात्रामा सेवन नगर्दा हड्डी कमजोर पनि हुन सक्छन् ।

आवश्यकभन्दा धेरै प्रोटिन

आवश्यकभन्दा धेरै प्रोटिनले हड्डीलाई कमजोर बनाउने गर्दछ । धेरै प्रोटिनले शरीरमा एसीडीटी बन्न थाल्छ । साथमा क्याल्सियम पनि शरीरमा बाहिर निस्कन थाल्छ ।

पेय पदार्थ

कार्बोनेटेड पेय पदार्थहरूको सेवन पनि एकदमै कम गर्नुपर्दछ । यसमा फस्फोरसको मात्रा धेरै हुन्छ जसले शरीरको क्याल्सियमलाई घटाउने काम गर्छ ।

क्याफिन

क्याफिनको सेवनले हड्डीलाई धेरै नोक्सान पुर्‍याउँछ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुन थाल्छ ।

औषधिको सेवन

यदि, तपाईं कार्टिकोस्टेराइड औषधिलाई लामो समय खाइरहनुभएको छ भने यसले गर्दा हड्डी कमजोर हुने खतरा हुन्छ ।

अत्यधिक नुनको सेवन

अत्यधिक नुनको सेवनले हड्डीबाट क्याल्सियम हराउन थाल्छ । नुनमा पाइने सोडियमले शरीरमा भएको क्याल्सियमलाई कम गर्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved