लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिनाविभागीय मन्त्री 

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिनाविभागीय मन्त्री 

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

यस्तै तीनजना बिनाविभागीय मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन् । बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रणह गर्नेहरूमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved