‘ए’ डिभिजन लिग : सातदोबाटोले संकटालाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : सातदोबाटोले संकटालाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले संकटा क्लबलाई पराजित गरेको छ। च्यासल रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोले संकटालाई ४–० गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोको लागि विलियम एसिडेउ र दीपक सिंह ठकुरीले गोल गरे। खेलको १०औं मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए।

१९औं मिनेटमा विलिमले सातदोबाटोको लागि दोस्रो गोल गरे। ६८औं मिनेटमा दीपकले सातदोबाटोको लागि तेस्रो गोल गरे। ८३औं मिनेटमा दीपकले सातदोबाटोको लागि चौथो गोल गरे।

यस्तै, थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको थ्री स्टार र मछिन्द्रबीचको खेल गोलरहित बराबरीमा सकियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved