मुखमा घाउखटिरा आए के गर्ने ? यस्ता छन् आयुर्वेदिक उपाय

नेपालभ्युज

मुखमा घाउखटिरा आए के गर्ने ? यस्ता छन् आयुर्वेदिक उपाय

एजेन्सी। कहिलेकाहीँ मुखमा घाउ हुँदा एकदमै असहज हुन्छ । यसको पछाडि खराब जीवनशैली वा अस्वस्थ खानपान, मौसम परिवर्जतन जस्ता  धेरै कारणहरू हुन्छन् । यस्ता घाउ प्राय: केही समयपछि आफैँ निको हुन्छन् ।

मुखको घाउलाई नियन्त्रण गर्ने केही आयुर्वेदिक उपायहरूका बारेमा जानौं ।

– मुखमा भएको घाउलाई निको पार्न टि ट्री आयलको प्रयोग गर्न सक्नुहुन्छ। त्यसका लागि यो तेलको केही थोपा घाउ भएको ठाउँमा लगाउनुहोस् ।

– कैयौंपटक पेटको गर्मीका कारण पनि मुखमा घाउहरू आउँछन्। यस्तोमा गुलाफको फूलबाट बनाइएको ‘गुलकन्द’ को पानी पिउन सक्नुहुन्छ । यसले पेटको गर्मी र जलनलाई शान्त पारी मुखमा आएको घाउ ठीक गर्छ।

– मुखमा घाउ आउँदा ताजा एलोभेरा जेलको प्रयोग गर्न पनि सकिन्छ । त्यसका लागि घाउ भएको ठाउँमा ताजा एलोबेरा जेल लगाउने गर्नुपर्छ।

– मुखमा घाउ आउँदा तपाईं सफा तुलसीको पातहरू चपाउन सक्नुहुन्छ तुलसीमा पनि एन्टीब्याक्टेरियल गुण हुन्छ, जसले मुखको घाउ तथा किटाणु मार्ने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved