निर्वाचित भएपछि रविले भने- हामीलाई गाली गर्नेलाई मतदाताले जवाफ दिए

नेपालभ्युज

निर्वाचित भएपछि रविले भने- हामीलाई गाली गर्नेलाई मतदाताले जवाफ दिए

काठमाडौं । चितवन क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित रवि लामिछानेले आफू र आफ्नो पार्टीलाई गालीगलौज गर्नेहरूलाई मतदाताहरूले जवाफ दिएको बताएका छन् ।

चितवनमा विजय जुलुशपछि आयोजिन कोणसभालाई सम्बोधन गर्दै रविले यस्तो बताएका हुन् । “चुनावअगाडि, चुनाव प्रचारप्रसारका क्रममा हामीमाथि अनेकखाले लाञ्छना र गालीगलौज गरियो । कतिपयले त्यसको जवाफ दिनुपर्छ भन्नुभयो । तर, त्यसको जवाफ मतदाताले एकमुष्ट दिएका छन्,” रविले भनेका छन् ।

उनले घण्टीवाहकहरूबाट मात्रै देशको आमूल परिवर्तन सम्भव रहेकोसमेत बताए । “चुनाव र मतदान कस्तो हुनुपर्छ भन्ने कुरा चितवनवासीले देखाएका छन् । कसरी घण्टीवाहकहरूलाई जिताउने भन्नेबारे चितवनवासीले देखाएका छन् । अब घण्टीवाहकहरूबाट मात्रै देशको आमूल परिवर्तन सम्भव छ,’ उनले भनेका छन् ।

उनले आफूले जनताको पक्षमा दोहोरो काम गर्ने प्रतिबद्धता जनाएका छन् । “यसअघिको संसद्को लोगो पनि सुरक्षित राखेको छु । अब सम्भवत: पहिलो दिन संसद् जाँदा दुईवटै लोगो लगाएर जान्छु । त्यो चितवनवासीहरूको सम्मानमा हुनेछ । त्यो जनताको पक्षमा दोहोरो काम गर्छु भन्ने सङ्केतमा हुनेछ । त्यो भ्रष्टाचारीहरूविरुद्ध दोहोरो काम गर्ने अर्थमा हुनेछ,” रविले भनेका छन् ।

उनले आफूलाई मन पर्ने क्षेत्रमा मात्रै बजेट छुटाउने काम नगर्नेसमेत बताए । “तपाईं आफ्नो ठाउँलाई माया गर्ने मान्छे हो भने आउनूस् चितवनको विकासमा सहकार्य गरौँ । तपाईं कुन दलको मान्छे हो, त्यो ठूलो कुरा होइन । हामी आफूलाई मन पर्ने क्षेत्रमा मात्रै बजेट छुटाउने गल्ती गर्दैनौँ,” उनले भने, ‘हामी सबैलाई बराबरी ठान्छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved