‘ए’ डिभिजन लिग : सातदोबाटो र हिमायन शेर्पाले अंक बाँडे

नेपालभ्युज

‘ए’ डिभिजन लिग : सातदोबाटो र हिमायन शेर्पाले अंक बाँडे

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएको छ।

च्यासल रंगशालामा आईतबार भएको खेलमा सातदोबाटो र हिमालयन शेर्पाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो।यससँगै दुवै टोलीले अंक बाँडेका छन्।

सातदोबाटोको लागि दीपकराज सिंह ठकुरीले गोल गरे भने हिमालयन शेर्पाको लागि निशान लिम्बू र सुशील राईले गोल गरे।

खेलको पहिलो मिनेटमा नै गोल गर्दै दीपकले सातदोबाटोलाई अग्रता दिलाए। ७२औँ मिनेटमा हिमालयन शेर्पाको लागि गोल गर्दै निशानले खेललाई १–१ मा पुर्‍याए।

८०औँ मिनेटमा दीपकले सातदोबाटोका लागि दोस्रो गोल गरे। ८३औँ मिनेटमा सुशीलले हिमालयनको लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved